एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले फागुन ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
कम्पनीले स्थानीयका लागि ४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गरेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको ४ लाख ७० हजार कित्ता सेयरमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अन्तर्गत ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
त्यसैगरी १ लाख ४१ हजार कित्ता सेयर मध्यम प्रभावित क्षेत्र अन्तर्गत सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का स्थानीयलाई वितरण गरिनेछ।बाँकी ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र अन्तर्गत रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर २ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ।उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।











![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)




![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया