SHAREHUBSHAREHUB

अल्लु अर्जुन भन्छन्, “मेरो २० वर्षको चलचित्र यात्रामा कमाएको सम्मान एकै दिनमा नष्ट भयो”

AdvertisementAds
अल्लु अर्जुन भन्छन्, “मेरो २० वर्षको चलचित्र यात्रामा कमाएको सम्मान एकै दिनमा नष्ट भयो”
AdvertisementAds

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले आफ्नो चरित्रहत्या भइरहेको आरोप लगाएका छन्। हैदरावादमा पुष्पा २को प्रिमियरमा भएको भागदौडका कारण केही व्यक्तिहरूले नियतवश उनलाई बदनाम गरिरहेको उनकाे भनाइ छ। शनिबार पत्रकार सम्मेलनमा उनले २० वर्षको चलचित्र यात्रामा कमाएको सम्मान एकै दिनमा नष्ट भएको महसुस गरेको बताएका छन्।

त्यसैगरी, तेलङ्गनाका मुख्यमन्त्री रेवन्थ रेड्डीले विधानसभामा अल्लु अर्जुनको लापरवाहीका कारण एक महिलाले ज्यान गुमाएको आरोप लगाएका छन्। दुर्घटनाबारे थाहा पाउँदा पनि अल्लुले मानवीय सम्वेदनाको ख्याल नगरी रोड शो गरेको बताए।

अल्लुले भने, आफूले घाइते बालकको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिइरहेको र यस घटनामा आफ्नो कुनै खराब नियत नरहेको स्पष्ट पारे। उनले अफवाह फैलाइएको आरोप लगाएका छन्।

डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २को प्रिमियरका दौरान एक महिलाको मृत्यु भएको र उनका छोरा गम्भीर घाइते भएका थिए। यस घटनामा अल्लु अर्जुन, उनका सुरक्षा टोली र थिएटर व्यवस्थापकविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। अल्लु अर्जुनलाई १३ डिसेम्बरमा गिरफ्तार गरिएर १४ डिसेम्बरमा जमानतमा रिहा गरिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स