भोलीदेखि कीर्तिपुरमा हुने महिला टी२०आई श्रृंखलाका सबै खेल नि:शुल्क हेर्न पाइने



Advertisement
Ads

भोली (बिहीबार)देखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स, र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला सुरू हुँदैछ। जनवरी ३० देखि फेब्रुअरी ७ सम्म सञ्चालन हुने यो श्रृंखलाका सबै खेलहरू हेर्न नि:शुल्क व्यवस्था गरिएको छ।


Advertisement

नेपाल क्रिकेट संघ (क्यान)ले टिकटबिना प्रवेशको प्रबन्ध गर्दै नेपाली महिला टोलीलाई समर्थन गर्न सबैलाई आह्‍वान गरेको छ। श्रृंखलामा सहभागी तीनै टोलीले एक अर्कासँग ३-३ खेल खेल्नेछन्।


Advertisement

पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ, भने जनवरी ३१ मा नेदरल्याण्ड्स र थाइल्याण्ड तथा फेब्रुअरी १ मा नेपाल र थाइल्याण्डबीच खेल हुनेछ। यसैगरी, फेब्रुअरी ७ सम्म खेलहरूको यही क्रम जारी रहनेछ।

श्रृंखलाका लागि नेपाल क्रिकेट संघले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा कप्तान इन्दुसँगै पूर्वकप्तान रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट समावेश छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर