काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्दै गएको छ। शुक्रबार (फागुन ८) दिउँसो वायु गुणस्तर सूचकांक (AQI) ९९ मा पुगेको छ। गएको मंगलबार उपत्यकाको एक्यूआई १९१ पुगेको थियो भने बुधबार ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै प्रदूषण घटेको वातावरण विभागले जनाएको छ।
एक्यूआई अनुसार, मंगलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहरमा पर्दथ्यो भने शुक्रबार १८औँ स्थानमा झरेको छ। हाल पाकिस्तानको लाहोर ३७३ एक्यूआईसहित पहिलो र भारतको कोलकाता १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ।
















प्रतिकृया