इन्धनको मूल्य बढेपछि हवाई भाडा बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १९ गते
इन्धनको मूल्य बढेपछि हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरको वृद्धि भएपछि हवाई भाडामा ९० रुपैयाँसम्मको वृद्धि भएको छ। शनिबार हवाई इन्धनको मूल्य १ सय २६ रुपैयाँबाट २ रुपैयाँले बढेर अब १ सय २८ रुपैयाँ प्रतिलिटर पुगेको हो।

यस वृद्धिको प्रभाव आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा परेका छन्, जसमा फ्युल सरचार्ज बढाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यस वृद्धि सोमबारदेखि लागू गर्ने निर्णय गरेको छ र बुधबारदेखि यसले प्रभाव पाउने छ।

प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई मंगलबार पत्राचार गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स