कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बिहान (आज) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाईगत आवको नाफाबाट करसहित कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
लाभांश वितरण राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ। साथै, कम्पनीले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय भएको बैंकले जनाएको छ ।




















प्रतिकृया