instainsta

चेम्बरका अध्यक्ष अग्रवालले भने, “आर्थिक सुधार कछुवाको होइन चितुवाको गतिमा हुनुपर्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १३ गते
चेम्बरका अध्यक्ष अग्रवालले भने, “आर्थिक सुधार कछुवाको होइन चितुवाको गतिमा हुनुपर्छ”
AdvertisementAds

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा होइन, चितुवाको गतिमा हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रममा उनले आर्थिक क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता औंल्याउँदै कछुवाको गतिमा सुधारले विकास गर्न नसकिने बताए।

अग्रवालले नेपालको पहिलो कन्ट्री रेटिङ रिपोर्टमा डबल बी माइनस रेटिङ प्राप्त हुनु सकारात्मक भएको उल्लेख गर्दै, दक्षिण एशियामा भारतपछि नेपाल लगानीको दृष्टिले आकर्षक रहेको बताए।

उनले नीतिगत सुधार र कार्यान्वयनले मात्र कन्ट्री रेटिङको फाइदा दिन सक्ने धारणा राखे र उच्चस्तरीय आर्थिक सुधार आयोगको गठन स्वागतयोग्य भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स