राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल गरेका छन्।
शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा उनले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्। त्यसैगरी विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि उनले छलफल गरेका छन्।
रास्वपाका अनुसार छलफलमा सुनसरी, सिराहालगायत देशका विभिन्न स्थानमा देखिएको प्रदर्शन र तनावपूर्ण अवस्थाबारे कुराकानी भएको थियो। साथै, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न दुवै समुदायका अगुवाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिइएको छ।
सभापति लामिछानेले धार्मिक अगुवाहरूलाई प्रदर्शन रोक्न तथा शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्न आग्रह गरेका छन्। साथै, पछिल्ला घटनाक्रमका कारण विभिन्न जिल्लामा उत्पन्न तनावलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया