instainsta

रक्सीले क्यान्सर हुने रिपोर्ट बाहिरिएपछि एशियाली रक्सी उत्पादक कम्पनीहरूको सेयर मूल्यमा गिरावट

रक्सीले क्यान्सर हुने रिपोर्ट बाहिरिएपछि एशियाली रक्सी उत्पादक कम्पनीहरूको सेयर मूल्यमा गिरावट
AdvertisementAds

अमेरिकाका सर्जन जनरलले मदिरा सेवन र क्यान्सर जोखिम बीचको सम्बन्ध खुलासा गरेपछि एशियाली मदिरा र बियर उत्पादक कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ।

सर्जन जनरलले मदिरामा चेतावनी लेबल राख्न भनेपछि जापानको साप्पोरो होल्डिंग्स लिमिटेडको सेयर ५.१% ले घटेर पाँच महिनाको सबैभन्दा कम मूल्यमा पुगेको छ।साथै, चिनको वुलियाङये इबिन कम्पनीका सेयर ३.७%, हङकङको बडवाइजर ब्रूइङ कम्पनी एपीएसी लिमिटेडका सेयर २.६%, र अस्ट्रेलियाको ट्रेजरी वाइन इस्टेट्स लिमिटेडका सेयर २.७% ले घटेका छन्।विश्लेषकहरूको अनुमान अनुसार जापानमा साप्पोरो कम्पनीको सेयर मुल्य अझै घट्नेछ।

जेफ्रीज फाइनान्शियल ग्रुपका विश्लेषक एडवर्ड मन्डीले भने, “बजारले रक्सीमा स्वास्थ्य चेतावनी स्टिकर राख्ने सम्भावनामा तुरुन्त प्रतिक्रिया देखाउँदै लगानीकर्तामा चिन्ता उत्पन्न गरेको छ।” उनले थपे, “यो उद्योग पहिले नै कमजोर मूल्यांकनको अवस्थामा छ।”

अमेरिकी सर्जन जनरल विवेक मूर्तिले रक्सी सेवन र क्यान्सरबीचको सम्बन्धबारे सचेत गराउँदै अमेरिकाका ७० प्रतिशत युवाले हप्तामा कम्तिमा एक पटक रक्सी सेवन गर्ने गरेको बताए । सन् २०२२ मा मात्र रक्सीको बिक्री २६० अर्ब डलर पुगेको तथ्यांकले देखाउँछ । उनले चेतावनी स्टिकरको आवश्यकता भएको बताउदै भनेका छन् कि रक्सी सेवनले क्यान्सरको जोखिम बढाउँछ भन्ने धेरैले अझै बुझेका छैनन् ।

एसिमेट्रिक एड्भाइजर्सका अमिर अन्वरजादेले भने, “अब धेरैलाई विश्वास छ कि मदिरामा चेतावनी लेबल र ब्राण्डहरूको मार्केटिङ नियमहरू ३० वर्ष अगाडि तम्बाकूमा जस्तै कडा हुनेछ।” तर, कुनै पनि नियम परिवर्तन लागू हुन वर्षौंसम्म लाग्न सक्छ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स