रक्सीले क्यान्सर हुने रिपोर्ट बाहिरिएपछि एशियाली रक्सी उत्पादक कम्पनीहरूको सेयर मूल्यमा गिरावट
अमेरिकाका सर्जन जनरलले मदिरा सेवन र क्यान्सर जोखिम बीचको सम्बन्ध खुलासा गरेपछि एशियाली मदिरा र बियर उत्पादक कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ।
सर्जन जनरलले मदिरामा चेतावनी लेबल राख्न भनेपछि जापानको साप्पोरो होल्डिंग्स लिमिटेडको सेयर ५.१% ले घटेर पाँच महिनाको सबैभन्दा कम मूल्यमा पुगेको छ।साथै, चिनको वुलियाङये इबिन कम्पनीका सेयर ३.७%, हङकङको बडवाइजर ब्रूइङ कम्पनी एपीएसी लिमिटेडका सेयर २.६%, र अस्ट्रेलियाको ट्रेजरी वाइन इस्टेट्स लिमिटेडका सेयर २.७% ले घटेका छन्।विश्लेषकहरूको अनुमान अनुसार जापानमा साप्पोरो कम्पनीको सेयर मुल्य अझै घट्नेछ।