राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भरतपुर, चितवन पुगेका छन्।
उनको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् र त्यसपछि भरतपुरस्थित विशालचोकमा रहेको घरमा पुग्ने कार्यक्रम रहेको छ।
काठमाडौंमा खुट्टामा संक्रमणका कारण आराम गरिरहेका लामिछाने फागुन २१ को निर्वाचनको तयारीका लागि आज चितवन आएका हुन्। यसपटक उनी चितवन क्षेत्र नं २ बाट उम्मेदवार छन्।
माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी हुँदा खुट्टामा चोट लागेका लामिछाने काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया