बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको बोनस सेयर समायोजन भएको छ ।
सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७१४.६७ रुपैयाँ कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ७६४.७० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

ग्रीन भेन्चर्सको १० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५१०.५० रुपैयाँ कायम भएको छ । कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ५६१.५० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया