insta insta

काठमाडौंमा पानीको बोतललाई १६ र जारलाई ४७ रुपैयाँभन्दा बढीमा बेचे कारबाही हुने

काठमाडौंमा पानीको बोतललाई १६ र जारलाई ४७ रुपैयाँभन्दा बढीमा बेचे कारबाही हुने
Advertisement Ads

सरकारले बोतल तथा जारमा बिक्री हुने प्रशोधित खानेपानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकाभित्र १ लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको मूल्य ४७ रुपैयाँ तोकिएको छ। त्यस्तै उपत्यकाबाहिर १ लिटर बोतलको पानी २० रुपैयाँ र २० लिटर जारको पानी ६० रुपैयाँसम्ममा बिक्री गर्न पाइने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागले तोकिएको मूल्यभन्दा बढीमा प्रशोधित पानी बिक्री गरे उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा सम्बन्धित नियमावली, २०७६ अनुसार कानुनी कारबाही हुने चेतावनी दिएको छ।

साथै, उपभोक्ताले निर्धारित मूल्यभन्दा बढीमा पानी बिक्री भएको पाइएमा सम्बन्धित कार्यालय वा स्थानीय प्रशासनलाई जानकारी गराउन सक्ने उल्लेख गरिएको छ। विभागले आम उपभोक्तालाई सचेत रहन र आफ्नो हक–अधिकार सुनिश्चित गर्न समेत आग्रह गरेको छ।

651359887 2392416117900601 1021433434597609936 n 1 https://bajarkochirfar.com/action-will-be-taken-against-those-selling-water-bottles-for-more-than-rs-16-and-jars-for-more-than-rs-47-in-kathmandu | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स