विवाह पञ्चमी पर्व शुक्रबार देशभर श्रीराम र सीताको पूजा–आराधनासहित मनाइँदैछ। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा विशेष महोत्सव आयोजना हुँदैछ। शिवधनुष भाँचेर रामले सीता प्राप्त गरेको किंवदन्तीअनुसार यस दिनलाई मिथिलावासीले विशेष महत्त्वका साथ मनाउँछन्।
जनकपुरमा परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार गरिँदैछ। रंगभूमिमा राम र सीताको डोला शोभायात्रा तथा लाखौं भक्तजनको सहभागिताले महोत्सव भव्य बनाउने विश्वास छ। विवाहपञ्चमीका अवसरमा देशभर राम–सीता मन्दिरमा पूजा, झाँकी, भजन, र प्रवचनका कार्यक्रम हुँदैछन्।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामवासीलाई दीपोत्सव गर्न र श्रद्धालु भक्तजनलाई बास व्यवस्थापनमा सघाउन आग्रह गरेका छन्। जनकपुरधाममा अयोध्याबाट आएका जन्ती तथा देश–विदेशका श्रद्धालु सहभागी भएका छन्। यस महोत्सवलाई धार्मिक, सांस्कृतिक र पौराणिक महत्त्वको रूपमा मनाउने परम्परा रहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया