जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि शनिबारसम्म देशका अधिकांश भागमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।
यस मौसम प्रणालीको प्रभावले तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना रहेकाले जनजीवन, स्वास्थ्य, यातायात र पर्वतारोहणमा असर पर्न सक्ने चेतावनी दिइएको छ। विभागले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।












![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया