instainsta

होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा, कुनले कति कित्ता आईपीओ निष्काशन गर्ने ?

होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा, कुनले कति कित्ता आईपीओ निष्काशन गर्ने ?
AdvertisementAds

लगानीकर्ताहरू धेरै लामो समयदेखि आईपीओको पर्खाइमा छन्, तर नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अझै स्वीकृति नदिएको कारण आईपीओ निष्काशनमा ढिलाइ भइरहेको छ। अहिले, पर्यटन र होटेल क्षेत्रका सात  कम्पनीहरूले आफ्नो साधारण सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका छन् र सेबोनबाट अनुमतिको पर्खाइमा छन्। सात कम्पनीहरू आकामा होटल, ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेड, एपेक्स हस्पिटालिटी, होटल फरेस्ट इन लिमिटेड, अर्किड होल्डिंग्स, अन्नपूर्ण केबलकार, बन्दीपुर केबल कार एन्ड टुरिज्म रहेका छन्।

यी सात कम्पनीहरूले जम्मा ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरेका छन्। सेबोनका अनुसार आकामा होटलले २२ करोड ५० लाख रुपैयाँ बराबरको ४५ लाख कित्ता र ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेडले १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्काशनको तयारीमा छन्।

त्यस्तै, एपेक्स हस्पिटालिटीले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा छ। होटल फरेस्ट इन लिमिटेडले ९८ करोड बराबरको ९८ लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ भने अर्किड होल्डिंग्सले १ अर्ब १५ करोड बराबरको १ करोड १५ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनको अनुमति पर्खिरहेको छ। साथै, अन्नपूर्ण केबलकारले ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ निष्काशन तयारी गरेको छ भने बन्दीपुर केबल कार एन्ड टुरिज्मले ३० करोड ६० लाख बराबरको ३० लाख ६० हजार कित्ता आईपीओ  निष्काशन गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स