नोभेम्बरमा २१ देशले घटाए ब्याजदर, के याे आर्थिक सुधारको संकेत हो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १६ गते
नोभेम्बरमा २१ देशले घटाए ब्याजदर, के याे आर्थिक सुधारको संकेत हो ?

नोभेम्बर मा विश्वका २१ देशले आफ्ना नीतिगतदर घटाउने निर्णय गरेका छन्। यो उपभोक्ता खर्च र लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको याे कदमले अर्थतन्त्रलाई सुधारतर्फ लैजाने संकेत दिएको छ।

कोरोना महामारीपछि विश्व अर्थतन्त्रले ठूलो संकट सामना गर्‍यो। महामारी नियन्त्रण गर्नका लागि गरिएको लकडाउनले उत्पादन ठप्प हुँदा माग र आपूर्ति बीच असन्तुलन उत्पन्न भयो। यसले महँगी बढायो। महामारीपछि अर्थतन्त्रलाई पुनर्जीवन दिन विभिन्न देशहरूले ठूलो मात्रामा पैसा छापे, जसले बजारमा तरलता त बढायो तर सामान र सेवाको आपूर्ति सीमित रह्यो यस्तो अवस्थामा महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने रणनीति अपनाए।

ब्याजदर बढ्दा कर्जाको लागत महँगो हुने भएकाले उपभोक्ता खर्च र लगानी बढ्यो। जसले महँगीलाई नियन्त्रणमा ल्याउन मद्दत पुग्यो। अहिले, महँगी नियन्त्रणमा आएको देखिएकाले धेरै देशहरूले ब्याजदर घटाउँदै अर्थतन्त्रलाई पुनः सक्रिय बनाउने कोसिस गरिरहेका छन्।

नोभेम्बरमा अक्टोबरको तुलनामा अमेरिकाले आफ्नो ब्याजदर ०.२५ प्रतिशतले घटाएर ४.७५ प्रतिशतमा झारेको छ। यस्तै बेलायतले पनि समानरूपमा ०.२५ प्रतिशत ब्याजदर घटाएको छ भने क्यानडाले ०.५ प्रतिशत घटाएर आफ्नो ब्याजदर ३.७५ प्रतिशतमा ल्याएको छ।

यता युरोपमा स्वीडेनले ०.५ प्रतिशत घटाएर ब्याजदर २.७५ प्रतिशतमा ल्याएको छ। त्यस्तै, एशियामा दक्षिण कोरियाले ब्याजदर ०.२५ प्रतिशत कटौती गर्दै ३ प्रतिशतमा ल्याएको छ। न्युजिल्याण्डले ०.५ प्रतिशत घटाएर ४.२५ प्रतिशतमा झारेको छ।

आर्थिक संकट सामना गरेको अर्जेन्टिनाले ५ प्रतिशत कटौती गर्दै ब्याजदर ३५ प्रतिशतमा ल्याएको छ भने पाकिस्तानले २.५ प्रतिशत घटाएर १५ प्रतिशत पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स