+२ स्तरको आईटी क्विज, नेशनल साइबर ओलम्पियाड–२०८१ हुँदै

+२ स्तरको आईटी क्विज, नेशनल साइबर ओलम्पियाड–२०८१ हुँदै

नेशनल साइबर ओलम्पियाड–२०८१ (+२ संस्करण) काठमाडौंमा सुरु भएको छ। सूचना प्रविधि क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यो प्रतियोगिता फागुन ५ गते काठमाडौंमा अभिमुखीकरण कार्यक्रमसहित सुरु भएको हो।प्रतियोगितामा काठमाडौं उपत्यकाका ३० भन्दा बढी +२ कलेज/विद्यालयका टिमहरूले प्रतिस्पर्धा गर्दैछन्।

यो प्रतियोगिता सूचना प्रविधि क्षेत्रमा आधारित अन्तर-विद्यालय हाजिरीजवाफ प्रतियोगिता हो, जसका लागि +२ तहका विद्यार्थीहरू फागुन २ गतेसम्म दर्ता भएका थिए। आयोजकका अनुसार, यसअघि २०७१, २०७२, २०७३, २०७९ र २०८१ सालमा पाँच संस्करण विद्यालयस्तरमा सफलतापूर्वक आयोजना भइसकेको छ। यो पहिलो पटक +२ तहका विद्यार्थीहरूका लागि सञ्चालन गरिएको हो।

प्रतियोगिता तीन चरणमा— Qualifying, Semifinal र Final— Knock-Out पद्धतिमा सम्पन्न हुनेछ। प्रतियोगितामा General, Curriculum, Logical, Multimedia, Defending, Gambling, र Gasping Round जस्ता विभिन्न चरणहरूमा प्रतिस्पर्धा गराइनेछ।

उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई ३०,००० नगद पुरस्कार, ट्रफी, मेडल तथा अन्य उपहारहरू प्रदान गरिनेछ। प्रतियोगिताको अन्तिम चरण फागुन १५ गते सम्पन्न हुनेछ।

संस्थापक अध्यक्ष लक्ष्मण पोखरेलका अनुसार, विद्यालय स्तरमा पाँच संस्करण सफलतापूर्वक सम्पन्न भएपछि +२ तहका विद्यार्थीहरूको मागलाई ध्यानमा राखी प्रतियोगितालाई विस्तार गरिएको हो। आयोजकका अनुसार, यो प्रतियोगिताले विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी ज्ञान अभिवृद्धि गर्न, प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न, र टेक्नोलोजीमा अपडेट रहन प्रेरित गर्नेछ।

474804457 978901224341191 614712033633122947 n https://bajarkochirfar.com/2-level-it-quiz-national-cyber-olympiad-2081-underway | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स