प्रख्यात बलिउड अभिनेता विक्रान्त मेसीले अभिनयबाट सन्यास लिने घोषणा गरेका छन्। दुई दशकको लामो करियरमा फिल्म, टिभी र ओटिटीमा आफ्नो अभिनयका लागि पहिचान बनाएका विक्रान्तले हालैको सफलतापूर्वक प्रदर्शन भएका फिल्महरू जस्तै “१२थ फेल”, “द साबरमती रिपोर्ट”, र “सेक्टर ३६” मा उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्।
सामाजिक संजाल इन्स्टाग्राममा नोट लेख्दै विक्रान्त मेसीले भने, “नमस्कार, पछिल्ला केहि वर्षहरू र यसअघि मेरो लागि अविस्मरणीय रहे। तपाईंहरूको अमिट समर्थनको लागि म सबैलाई धन्यवाद दिन चाहन्छु। तर, जस्तो कि म अघि बढिरहेको छु, मैले बुझें कि अब समय आएको छ, म फर्केर घर जान्छु। एक पतिको रूपमा, एक बुबाको रूपमा र एक छोरोको रूपमा। र साथै, एक अभिनेताको रूपमा। त्यसैले २०२५ मा हामी एकअर्कोसँग अन्तिम पटक भेट्नेछौं। आगामी २ फिल्म र धेरै वर्षका सम्झनासँग। फेरि धन्यवाद, सबै कुराको लागि। सधैं ऋणी रहन्छु।”
विक्रान्त मसेले यससँगै आफ्नो अभिनय यात्राको अन्त्य गर्ने निर्णय गरेका छन्। विक्रान्त अहिले ‘यार जिगरी’ र ‘आँखों की गुस्ताखियाँ’मा काम गरिरहेका उनको यिनै अन्तिम फिल्म हुनेछ । विक्रान्तको यो घोषणाले उनका फ्यानहरुलाई आश्चर्यसँगै स्तब्ध बनाएको छ । कतिपयले भने यसलाई पब्लिसिटी स्टन्टको रुपमा आशंका व्यक्त गरेका छन् ।




















प्रतिकृया