चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालले करिब २२ अर्ब रुपैयाँ बराबरका स्मार्टफोन आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार, सो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ मूल्यका १४ लाख ७ हजार ७८ वटा स्मार्टफोन भित्रिएका छन्, जसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड रुपैयाँ बराबरका १२ लाख ४९ हजार स्मार्टफोन आयात भएका थिए। यो वर्ष स्मार्टफोन आयात २ अर्ब ५४ करोड रुपैयाँले बढेको देखिन्छ, जसले गर्दा आयातमा १३ प्रतिशतको वृद्धि भएको छ।
नेपालले यो वर्ष ५८ विभिन्न देशहरूबाट स्मार्टफोन आयात गरेको छ, जसमा सबैभन्दा धेरै चीनबाट भित्रिएको छ। भन्सार विभागका अनुसार, चीनबाट मात्रै १५ अर्ब ९ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन्। भारतबाट ६ अर्ब ३९ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएको छ भने जापानबाट ६ करोड रुपैयाँ बराबरको आयात भएको छ। त्यसैगरी, अस्ट्रेलिया, कुबेत, कतार, अमेरिका लगायतका अन्य देशहरूबाट पनि नेपालले स्मार्टफोन आयात गरेको छ।
फागुन मसान्तसम्म १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल तथा वायरलेस सञ्चार उपकरणहरू पनि नेपाल भित्रिएका छन्। यी उपकरणहरूबाट सरकारले २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया