८ महिनामा बढ्यो १३ प्रतिशतले बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी
- असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको लगानी रकम रु. ५ खर्ब १५ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको फागुनसम्म मुद्दति निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ५ खर्ब ६८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी साढे १३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा बैंकहरुमा जीवन बीमा, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन कम्पनीहरुको लगानी १३.६ प्रतिशतले बढेको देखिएको छ ।
गत असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको लगानी रकम रु. ५ खर्ब १५ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको फागुनसम्म मुद्दति निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ५ खर्ब ६८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। यो ८ महिनाको अवधिमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी रु. ६८ अर्ब ४ करोड रुपैयाँले बढेको छ।
यसैगरी ८ महिनाको अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी २६.८ प्रतिशतले बढेर रु. १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। गत असारसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी रु. १ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ थियो। ८ महिनामा सञ्चय कोषको लगानी रु. ३५ अर्ब ७८ करोड रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। चालु आर्थिक वर्षको आठ महिनामा बैंकहरुमा नागरिक लगानी कोषको लगानी ८ प्रतिशतले बढेर रु. १ खर्ब ७ अर्ब ४५ लाख रुपैयाँमा पुगेको छ। गत असारसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९९ अर्ब ४८ करोड रुपैयाँ थियो।