१५० प्रतिशत हकप्रद जारी गर्न आँखुखोला जलविद्युतले तोक्यो बुकक्लोज मिति

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २१ गते
१५० प्रतिशत हकप्रद जारी गर्न आँखुखोला जलविद्युतले तोक्यो बुकक्लोज मिति
AdvertisementAds

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट उक्त हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएसँगै कम्पनीले साउन १ गते  बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासनको मितिभने तय गर्न बाँकी छ । बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एक अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्नेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

#Bajarkochirfar   #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स