हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त
हिमालयन लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्टारमा पुन : हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गतेदेखि समाप्त हुने भएकाले आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी तीन वर्षका लागि पुन : नियुक्त गरेको हो ।
अब कम्पनीको सम्पूर्ण सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलले गर्नेछ ।
#BajarkoChirfar