हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ६ गते
हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
AdvertisementAds

आज (कात्तिक ६) हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन हो। कम्पनीले भोलि (कात्तिक ७) देखि बुक क्लोज गर्ने भएकोले, आजसम्म कायम सेयरधनीहरूलाई मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक २५ गते, आम्रपाली बैंक्वेटमा आफ्नो सोह्रौं वार्षिक साधारण सभा आयोजना गरेको छ, जसको समय बिहान १० बजे तय गरिएको छ।

सभामा गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनमाथि छलफल हुनेछ। साथै, लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण, र एक जना सञ्चालकको नियुक्ति अनुमोदन जस्ता प्रस्तावहरू पनि पेश गरिनेछन्। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुने भएकाले, सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स