SHAREHUBSHAREHUB

हसिनाका छोरा भन्छन्, “अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन”

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २२ गते
AdvertisementAds
हसिनाका छोरा भन्छन्, “अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन”
AdvertisementAds

बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।

बिबिसीसँग कुरा गर्दै साजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।

उनले भनेका छन्- ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एशियाको उदीयमान बाघको रूपमा हेरिएको छ ।’

उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’ साजिबले भने- ‘अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन।’

उनले बीबीसीलाई भने, ‘उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्नेछैनन् ।’

AdvertisementAds

आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुदा हसिनाले सोमबार पदबाट राजीनामा दिदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स