नेपाली फिल्म पूर्ण बहादुरको सारङ्गीले हलहरूमा सफलता कमाइरहेको छ । फिल्मले यतिबेला भारतीय सिनेमाहरुलाई पछार्दै सुपरहिट बनेको छ। सुरुमा फिल्मलाई थोरै शो दिएका सिनेमाहल हरुले अहिले शोको संख्या बढाएका छन। यसै प्रसंगमा निर्माता तथा सिनेमा सञ्चालक दीपकराज गिरी र निश्चल बस्नेत सामाजिक सञ्जालमा आमने सामने देखिएका छन्।
दीपकराज गिरीले केही दिन अघि आफ्नो स्ट्याटसमा लेखे, “प्रायः हामी हलहरूले शो दिएनन् भनेर उफ्रन्छौं, तर पूर्णबहादुरको सारङ्गी ले न्यून शोबाटै सफलता प्राप्त गर्यो। समस्या कहाँ छ त?” उनले घुमाउरो पारामा यसलाई गुणस्तरीय नेपाली सिनेमा बनाउँदा नै शो पाउने संकेत गरे।
गिरीको यो भनाइमा निर्माता निश्चल बस्नेतले असन्तुष्टि व्यक्त गरे। उनले भनें, “कोही चलचित्रकर्मी जसले हल पनि चलाउँछन्, मौका पाउँदा ठुलो गफ हाँकिहालेछन्। किन नेपाली फिल्मलाई सुरुमा नै राम्रो शो दिन सकिन्न? नेपाली फिल्मलाई सधैं प्रमाणित गर्नुपर्ने आवश्यकता छ र निर्माताले शोका लागि बारम्बार गुहार्नुपर्ने अवस्था छ?”
बस्नेतले थपे, “विदेशी फिल्महरूलाई राम्रो छ भनेर पहिल्यै विश्वास गरेर शो दिने तर नेपाली फिल्मलाई अवसर नदिने सोचाइ नै समस्या हो। पूर्णबहादुरको सारङ्गी ले दर्शकको मन जितेपछि मात्र शो थपिएको हो। विदेशी फिल्महरू असफल भएपछि शो घटाइएको हो, नत्र नेपाली फिल्मले सफल हुँदैमा त्यसका लागि झूटो भ्रम फैलाउने आवश्यकता छन।”
चलचित्रकर्मीहरूले निश्चल र दीपकराजको सम्बन्ध दिमाग खराब फिल्मपछि चिसिएको बताउँछन्। निश्चलले हालै छक्का पन्जा सम्बन्धी कुनै पनि सामग्री सामाजिक सञ्जालमा शेयर गरेका छैनन्। उनले सिनेमा हल संचालकहरूको मनपरी प्रति विगतदेखि नै प्रश्न उठाउँदै आएका छन्। हालै आफ्नो फिल्म बेहुली फ्रम मेघौलीको शो नपाएपछि फिल्म हलबाट उतारेका थिए। अहिले, उक्त फिल्म उनले आफ्नै ओटीटी प्लेटफर्म एमएसएम भिडीओजमा रिलिज गरेका छन्, जहाँ यसले ७६ लाख रुपैयाँको आम्दानी गरेको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया