स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २० गते
स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकियो

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकिएको छ । यसअघि वर्षाका कारण १ ओभरमा खेल रोकिएको थियो ।

अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो । वर्षाका कारण रोकिएको खेल सुरु भएर छ ओभर खेलेपछि मौमस प्रतिकूल भई पुनः रोकिएको थियाे । पहिला ब्याटिङ गरेको नेपालले छ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स