सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियममा मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा सोपानका तर्फबाट अध्यक्ष डा ई तारा प्रसाद पोखरेल र क्यापिटलका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।
आगामी वैशाख २२ गतेकम्पनीको १५औं बार्षिक साधारणसभा काठमाण्डौको लैनचौरमा रहेको लैनचौर ब्याङक्वेटमा अपरान्ह १ बजे सुरु हुनेछ। सभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ । साथै, उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिबाट सिफारिस स्वतन्त्र सञ्चालकलाई नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया