सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४६ हजार ७२९.५४५० कित्ता सेयर एफपीओ निष्कासन गर्ने लागेको हो ।
सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहतर्फ ७०.३६ प्रतिशत र सर्वसाधारणतर्फ २९.६४ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाले सम्बन्धी ऐन २०७३ अनुसार चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ। सोहि व्यवस्था अनुसार सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्याउन कम्पनीले ४६ लाख ७२९ कित्ता सेयर एफपीओ निष्कासन गर्ने भएको हो।
यस कम्पनीले एफपीओ निष्कासनका लागि केयर रेटिङबाट बीबी रेटिङ पाएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमै सर्वसाधारणलाई एफपीओ जारी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । यस सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।








![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)







![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया