सुनको मूल्यले तोड्यो रेकर्ड, तोलाको १ लाख ६२ हजार नाघ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १ गते
सुनको मूल्यले तोड्यो रेकर्ड, तोलाको १ लाख ६२ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान तोडेको छ।

अघिल्लो दिनमा प्रतितोला १,३०० रुपैयाँले बढेको सुन, आज थप ६०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

यसअघि, असोज ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो, जुन त्यो समयसम्मको सबैभन्दा उच्च थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स