नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ को प्रथम संस्करणमा सहभागी सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच टेलिकम पार्टनरका लागि प्रायोजन सम्झौता भएको छ। बुधबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा रोयल्सका सीईओ प्रकाश खड्का र टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले समझदारीपत्रमा हस्ताक्षर गरे।
सीईओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै टिमले मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत नेपाली क्रिकेटको विकासमा योगदान दिने प्रतिबद्धता जनाए। प्रबन्ध निर्देशक पहाडीले एनपीएललाई नेपाली खेलकुदको कोशेढुङ्गा भन्दै रोयल्ससँगको सहकार्यप्रति खुशी व्यक्त गरिन्।
सुदूरपश्चिम टिममा दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी) सहित राष्ट्रिय खेलाडी र विदेशी खेलाडीहरूको उपस्थिति छ। एनपीएल २०८१ यही मंसिर १५ देखि काठमाडौंमा हुनेछ।




















प्रतिकृया