नागरिक लगानी कोष(सीआईटी)ले २९ औं वार्षिक साधारण सभा आगामी असार ३१ गते बोलाएको छ । सभा काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा सञ्चालक समितिद्वारा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश पारित गरिने छ।
यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले आगामी असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
#Bajarkochirfar #bazarkochirfar


















प्रतिकृया