साहस उर्जाले कमायो ४० करोड नाफा,  विद्युत् बिक्री आम्दानी भने घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
साहस उर्जाले कमायो ४० करोड नाफा,  विद्युत् बिक्री आम्दानी भने घट्यो

साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.०७ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी भने २.९३ प्रतिशतले घटेर ८६ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ८९ करोड ३३ लाख रुपैयाँ थियो। विद्युत् बिक्री घटे पनि वित्तीय खर्च घट्दा नाफा बढेको हो। कम्पनीको वित्तीय खर्च ३२ करोड ८९ लाख रुपैयाँबाट घटेर २३ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, प्रशासनिक खर्च पनि २ करोड ५९ लाखबाट घटेर १ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको जगेडा कोष २ अर्ब ९६ करोड रुपैयाँ छ, यस्तै समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ४५.७४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ पुगेको छ। 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स