सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा २ ठेकेदार कम्पनी

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २० गते
सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा २ ठेकेदार कम्पनी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

नरेशप्रसाद ओझा मुख्य व्यक्ति रहेको जुगल बिल्डर्स कम्पनी कोटेश्वर र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको जेएमबीडी इन्टरनेशनल चाबहिललाई कालोसूचीमा राखेको हो । गल बिल्डर्स ३  वर्षका लागि र जेएमबीडी इन्टरनेशनललाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बताएको छ ।

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिदप्रक्रियामा भाग लिन पाउने छैनन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स