साधाना र सबैको लघुवित्तले मर्जर पश्चात सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले असार १३ गते सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको छ ।
दुवै लघुवित्त एकआपसमा गाभिएर कारोबार गर्नेका लागि वैशाख १२ गते अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए। कम्पनीहरु १ः १ अनुपातमा मर्ज हुन लागेका हुन् ।
हाल साधनाको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।
#BajarkoChirfar #bazarkochirfar




















प्रतिकृया