साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले जेठ २९ गते यी दुई कम्पनीहरूलाई एकिकृत कारोबार गर्नका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
गोरखा जल्लामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था र तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका १, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाबीच एकापसमा गाभ्ने तथा गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले जेठ २९ गते“घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्थाको नामवाट कारोबार सञ्चालन गर्नेगरी अन्तिम स्वीकृति दिएको हो ।
राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अन्तिम स्वीकृति पाएपछि कम्पनीहरू एकिकृत कारोबार गर्न योग्य हुनेछन । हाल साधना लघुवित्तको चुत्तापूँजी ३८ करोड २२ लाख ५८ हजार रूपैयाँ छ भने सबैको लघुवित्तको ३१ करोड ८६ लाख रूपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी ७० करोड ८ लाख ५८ हजार रूपैयाँ कायम हुनेछ ।
#BajarkoChirfar #bazarkochirfar






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया