सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष (२०७९/८०) सम्मको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको हो। प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। सोही बैठकले कम्पनीको ५ औं वार्षिक साधारण सभा समेत बोलाएको छ। सभा आगामी वैशाख १२ गते रूपन्देहीमा हुनेछ।
सभाका लागि कम्पनीले चैत ३० गते एकदिन बुक क्लोजको मिति तय गरेको छ । चैत २९ गतेसम्म कायम सेयरधनीहरूले उक्त सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया