नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका तीन जना सर्टलिस्टमा परेका उम्मेदवारको पुनः अन्तर्वार्ता आज (मंसिर ९) हुँदैछ। अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै उक्त तीन जनालाई आज बिहान ८ बजेदेखि सिंहदरबारमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लागि बोलाएको छ।
अन्तर्वार्तामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, र नेप्सेका सीईओ कृष्णबहादुर कार्की सहभागी हुनेछन्।
यसअघि असोज १८ गते यी तीनजनाको अन्तर्वार्ता तय भएको थियो, तर समितिका संयोजक डा. शिवराज अधिकारीको स्वास्थ्य समस्या कारण अन्तर्वार्ता स्थगित गरिएको थियो।
सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये अधिकारी, चापागाईं र कार्कीले यसअघि तीन पटकसम्म अन्तर्वार्ता र कार्यप्रस्तुति समयमा उपस्थित नभएको जानकारी छ।
साथै, सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ पनि सर्टलिस्टमा रहेका थिए, जसले अन्तर्वार्ता र कार्यप्रस्तुति दिइसकेका छन्। सन्तोष नारायणले बोर्ड अध्यक्ष चयनको नयाँ प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए, जसमा सर्वोच्चले नयाँ प्रक्रिया अघि नबढाउन आदेश दिँदै माघ ३० गते पेशी तोकेको छ।










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया