सरकाले कुलमान घिसिङलाई हटाउने तयारी गर्दै, माग्यो पुनः ६ बुँदे स्पष्टिकरण

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
सरकाले कुलमान घिसिङलाई हटाउने तयारी गर्दै, माग्यो पुनः ६ बुँदे स्पष्टिकरण

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुनः ६ बुँदे स्पष्टिकरण सोधेको छ। यस पटकको स्पष्टिकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल समयमा किन नउठाएको, र मन्त्रालयलाई आवश्यक जानकारी किन नदिएको भन्ने विषय समेटिएको छ।

यसअघि पनि सरकारले घिसिङलाई १५ बुँदे स्पष्टिकरण सोधेको थियो। कात्तिक १३ गते ऊर्जासचिव सुरेश आचार्यले सात दिनको म्याद दिएर स्पष्टीकरण पत्र पठाएका थिए। तर बिदाहरूका कारण पत्रको जवाफ दिने अन्तिम दिन आज भएको मन्त्रालयले जनाएको छ, र घिसिङले अहिलेसम्म जवाफ पठाएका छैनन्।

वर्तमान सरकार घिसिङलाई हटाउने तयारीमा रहेको बुझिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा मन्त्री दीपक खड्काले घिसिङले सरकारको निर्देशनअनुसार काटिएको लाइन जोड्न अस्वीकार गरेकाले उनलाई हटाउन योजना बनाएको स्रोतले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स