SHAREHUBSHAREHUB

सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाएर गर्यो नयाँ सिफारिस

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १५ गते
AdvertisementAds
सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाएर गर्यो नयाँ सिफारिस
AdvertisementAds

सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो ।

साथै, मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । जसमा बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर र कर्णाली प्रदेशको प्रदेश प्रमुखमा यज्ञराज जोशी सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स