समयसीमा कटेका विद्यार्थीहरूलाई मौका परीक्षा: एआई प्रयोगमा परीक्षा रद्दको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ८ गते
समयसीमा कटेका विद्यार्थीहरूलाई मौका परीक्षा: एआई प्रयोगमा परीक्षा रद्दको निर्णय

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ सम्मको समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर पाउनेछन्। त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले यस निर्णय गरेको हो।

समितिका अध्यक्ष तथा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको नेतृत्वमा भएको बैठकले मानविकी, सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विद्यार्थीहरूको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर प्रदान गर्ने निर्णय गरेको हो।

साथै, बैठकले त्रिविको कुनै पनि तहको परीक्षामा एआईको प्रयोग गरेको पाइएमा परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स