समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार शुरु गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १४ गते
समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार शुरु गर्ने
AdvertisementAds

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ।दुई कम्पनीले प्राप्ति गरेपश्चात ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्झौतामा गत भदौ ७ गते हस्ताक्षर भएको थियो । सम्झौताका समयमा समता घरेलु लघुवित्तको चुक्तापूँजी ३९ करोड ४१ लाख थियो भने मनकामना स्मार्ट लघुवित्तको चुक्तापूँजी १४ करोड ८४ लाख रुपैयाँ थियो ।

यी दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्तिम स्वीकृति दिएको थियो ।

#Bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स