शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी अघिल्लो वर्षको सोही अवधिको ३४ लाख १२ हजार घाटामा थियो। विद्युत उत्पादन सुरु गरेपछि कम्पनी नाफामा गएको हो।
कम्पनीले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६३ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ८ लाख रुपैयाँ र कुल चालु दायित्व २ करोड ३४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९६.३९ रुपैयाँ रहेको छ।





















प्रतिकृया