शिखर इन्स्योरेन्सको चैत ९ गते बस्दैछ साधारण सभा ?



Advertisement
Ads

शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबिना नै वार्षिक साधारण सभा बोलाएको छ । जसअनुरुप लगानीकर्ताहरुको हात भने खाली हुनेछ ।


Advertisement

यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सभा चैत ९ गते बिहान ११ बजे शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा सुरु हुनेछ ।


Advertisement

सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।


Advertisement

सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ । फागुन २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । आज फागुन २५ शुक्रबार एव महाशिवरात्रि तथा २६ गते शनिबार भएकाले सेयर कारोबार हुँदैन ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर