नेकपा एमाले सांसद प्रतिक्षा तिवारीले शिक्षाको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब बाहेक मासिक खाजा खर्च दिने व्यवस्था गर्न प्रस्ताव गरेकी छन् ।
बुधबार भएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले महिनाको दुई हजार रुपैंया शिक्षकलाई खाजा खर्च दिने कानूनी व्यवस्था विधेयकमा समेट्न प्रस्ताव गरेकी हुन् ।
उनले भनिन् ‘शिक्षकको तलब भत्ता न्यून छ । त्यसैले सरकारले मासिक दुई हजार खाजा खर्च दिन सक्यो भने गुणस्तर सुधार हुन सक्छ, ‘यसले गर्दा शिक्षकहरु विद्यार्थीसंग नजिक हुन सहयोग पुर्याउँछ ।’ उनले विगतमा शिक्षकहरुसँग भएको सहमति समेट्ने गरी विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने पनि बताइन् ।









![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)


![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया