शाहरुख खानलाई ज्यान मार्ने धम्की: मुम्बई प्रहरीद्वारा अनुसन्धान जारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २२ गते
शाहरुख खानलाई ज्यान मार्ने धम्की: मुम्बई प्रहरीद्वारा अनुसन्धान जारी
AdvertisementAds

बलिउडका सुपरस्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस विषयमा मुम्बईको बान्द्रास्थित प्रहरी स्टेसनमा औपचारिक रूपमा मामिला दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

समाचारअनुसार खानलाई फोनमार्फत धम्की दिँदै ज्यानको सुरक्षाका लागि करोडौं रुपैयाँ माग गरिएको छ। प्रहरीले धम्की दिने व्यक्तिको लोकेसन रायपुरबाट आएको पत्ता लगाइसकेको छ र थप अनुसन्धान कार्य जारी छ।

यसबाहेक, केही समयअघि बलिउडका अर्को सुपरस्टार सलमान खानलाई पनि लरेन्स बिस्नोई समूहबाट ज्यान मार्ने धम्की आएको थियो। धम्कीपछि सलमानको सुरक्षा व्यवस्थामा पनि व्यापक वृद्धि गरिएको छ। शाहरुख खानमाथि आएको यो धम्कीले बलिउडमा सुरक्षा सम्बन्धी चासो पुनः सतहमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स