विश्वकप लिग २ मा आज नेपाल स्कटल्याण्डसँग खेल्दै, खेल कति बजे सुरु हुने?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १३ गते
विश्वकप लिग २ मा आज नेपाल स्कटल्याण्डसँग खेल्दै, खेल कति बजे सुरु हुने?
AdvertisementAds

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपाल आज आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्दैछ। यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे, ग्राण्ड प्रेरी स्टेडियम, डलासमा सुरु हुनेछ।

नेपाल, स्कटल्याण्ड, र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। यता, स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिका विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १० विकेटले जीत हासिल गरेको छ।

नेपालले पहिलो खेलमा राम्रो ब्याटिङ प्रदर्शन गर्दै २८६ रन बनाए पनि आफ्नो स्कोरको रक्षा गर्न नसकेको कारण पराजय व्यहोरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स