विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरिरहेको छ। यस प्रस्तावलाई पारित गर्न कम्पनीले आगामी असोज २२ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।
भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नारायणहिटी दरबारको उत्तरढोकास्थित भिनोलिभा हस्पिटालिटी प्रालिमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो।
यस सभामा आईपीओ निष्कासनको प्रस्ताव स्वीकृत गरी आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय गरिनेछ। त्यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन, आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्ने, र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाले टुङ्ग्याउनेछ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया