लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले बोलायो असोज १८ गते वार्षिक साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २७ गते
लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले बोलायो असोज १८ गते वार्षिक साधारण सभा

सिद्धार्थ क्यापिटल लिमिटेडले आगामी असोज १८ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थितको आफ्नै कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

सभामा  गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरिने प्रस्ताव पारित गरिनेछ। सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

त्यस्तै, गत आवमा भएको खर्च अनुमोदन र सञ्चालकको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स