सेयर बजारमा गिरावटको यात्रा जारी: कारोबार रकम पनि निरन्तर घट्दै

सेयर बजारमा गिरावटको यात्रा जारी: कारोबार रकम पनि निरन्तर घट्दै
Advertisement Ads

आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ बिन्दुमा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ३ उपसमूह बढेको छ भने १० वटा उपसमूह घटेको छ। दिनभर ६ अर्ब ८५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिईडीबी हाईड्रोपावरको भएको छ। यस दिन ३१७ कम्पनीको १ करोड ५४ लाख सेयर कारोबार भएको छ्।

पछिल्लो केही दिनहरू देखि बजारमा निरन्तर रूपमा गिरावट आएको छ। बजार यसरी दिन प्रति दिन घट्दा सेयरको मूल्य पनि ह्वात्तै घटेको छ। जसले बजारका लगानीकर्ताहरु बीच निरसाट छाएको छ। नेप्से परिसूचक संग संगै बजारको कारोबार रकम पनि घट्दै जाँदा बजारले सुस्त गति लिएको देखिन्छ। बजारमा लगातार गिरावट आउँदा साउन ३१ गते ३००० बिन्दुमा पुगेको नेप्से भदौ महिनामा मात्र ३९० अङ्कले घटेको छ। त्यस्तै, यस अघि करिव ३० अर्ब पुगेको कारोबार रकम पनि आज ६ अर्बमा सीमित भएको छ। नेप्से र कारोबार रकम दुवैको लगातार ओरालो यात्राले साना लगानीकर्ताहरु भने आतिदै गएका छन्। प्राविधिक विश्लेषकका अनुसार  बजार घट्दा कारोबार पनि घट्दै गएकाले केही समय बजार साइडवेज जाने समेत अनुमान गरिएको छ ।

नेप्से २२.७३ अंकले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज नेप्से २२.७३ अंकले घट्दा ६५ कम्पनीहरूको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। आज धेरै बढ्नेमा क्रमश: विन नेपाल लघुवित्त , थ्री स्टार हाईड्रोपावर, समाज लघुवित्त , कालिका लघुवित्त , र सिईडीबी हाईड्रोपावर रहेको छ।

TOP GAINERS 2 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%a8-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b5 | %tags

नेप्से  २२.७३ अंकले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्स २२.७३ अंकले घट्दा १७५ कम्पनीको सेयरमूल्यमा घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: एसियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट, लाइफ इन्सुरेन्स (नेपाल), मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर , र आत्मानिर्भर लघुवित्त रहेको छ।

TOP LOSERS 2 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%bf%e0%a4%8f%e0%a4%a8-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b5 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स