राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले देशलाई गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने धारणा राखे। सांसद गौतमले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरु अल्पमतमा हुने गरेका भन्दै व्यक्ति नभई पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए।उनले भने, ‘व्यक्ति नभइ पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ
खर्च कम गर्नका लागि राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधिसभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरूको एकै दिन निर्वाचन गर्नुपर्ने धारणा राखे। यसो गरेमा नेपालको समृद्धि सुरु हुने उनको भनाई छ।
#Bajarkochirfar #Bazarkochirfar



















प्रतिकृया